नियम २४
लिखित वा प्रयोगात्मक परीक्षाको नतिजा
(१) ऐनको दफा ३४ बमोजिम आयोगले लिखित वा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्दा रिक्त पदको अनुपातमा अनुसूची–२ बमोजिमको सङ्ख्यामा वर्णानुक्रम वा रोल नम्बरका आधारमा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम नतिजा प्रकाशन गर्दा अस्थायी योग्यताक्रम सूचीमा समावेश गर्ने प्रयोजनको लागि उत्तीर्णाड्ढ प्राप्त गरेका तर सो नतिजामा नाम समावेश हुन नसकेका उम्मेदवारहरूमध्येबाट पद सङ्ख्याको बीस प्रतिशतसम्म (घटीमा दुई जना) उम्मेदवारको नाम छुट्टै सिलबन्दी गरी पठाउनु पर्नेछ ।
तर,
(१) निर्धारित सङ्ख्याभन्दा कम उम्मेदवार उपलब्ध भएको अवस्थामा सोही अनुसार कम सङ्ख्यामा नाम पठाउन सकिनेछ ।
(२) लिखित वा प्रयोगात्मक परीक्षाबाट छनौट भएकै उम्मेदवारबाट अस्थायी योग्यताक्रम सूचीमा समावेश हुने सङ्ख्या पुग्ने अवस्था भएमा सो प्रयोजनको लागि छुट्टै सूची पठाइने छैन ।
(३) लिखित परीक्षा पछि प्रयोगात्मक परीक्षा हुने पदको हकमा लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा अस्थायी योग्यताक्रम सूची पठाइने छैन ।